इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ जनाको मृत्यु

इथियोपियाको पश्चिमी क्षेत्रमा एक यात्रुबाहक बसमा एक बन्दूकधारी समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । इथियोपियामा पछिल्ला दिनहरूमा घातक हमलाहरू भएका राष्ट्रिय मानबअधिकारवादी संस्थाले उल्लेख गरेको छ ।

इथियोपियाली मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणकारी हमलामा मारिनेको सङ्ख्या ३४ रहेको भेटिएको र अन्य कैयौँ मानिस घाइते भएका छन् । आक्रमण स्थानीय समयअनुसार शनिबार साँझ बेनिसाङ्गुल गुमुज क्षेत्रमा भएको थियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *