गाजा स्ट्रिपबाट इजरायलतर्फ कम्तीमा पनि दुई वटा रकेट प्रहार भएको छ । इजरायलको डिफेन्स फोर्सले जनाएअनुसार आइतबार मात्र पनि गाजा तर्फबाट इजरायलमा दुई वटा रकेट प्रहार गरिएको छ ।
इजरायलको डिफेन्स फोर्सका तर्फबाट आइतबार बिहान गरिएको ट्वीटमा गाजा तर्फबाट इजरायलमा आइतबार बिहान सबेरै दुई वटा रकेट प्रहार गरिएको छ भनिएको छ । इजरायलको दक्षिणी शहर आसदोद र दक्षिणतर्फकै अर्को शहर सेफला क्षेत्रमा ती दुई वटा रकेट हानिएको उक्त डिफेन्स फोर्सले आइतबार बिहान ट्वीट गरेर जानकारी दिएको हो ।
हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । इजरायलको डिफेन्स फोर्सले आइतबार बिहान सबेरै हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ ।
सुरक्षा निकायले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी पनि उक्त ट्वीटमा दिइएको जनाइएको छ ।