अमेरिकामा एकैदिन एक लाख ५७ हजारभन्दा बढीमा कोराना संक्रमण

  • 1
    Share

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ७८ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ३ करोड ७८ लाख ६९ हजारभन्दाबढी मानिस संक्रमणमुक्त भएका छन् भने करीब १ करोड ५१ लाख ४१ हजार ३ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन् । संक्रमितमध्ये ९८ हजार भन्दाबढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या विश्वभर ५ करोड ४३ लाख २८ हजार ७४४ पुगेको छ । कारोनाभाइरस सङ्क्रमणबाट हालसम्म १३ लाख १८ हजार २७८ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ करोड १२ लाख २६ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ५१ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ भने ६८ लाख ९१ हजार भन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ५७ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने १ हजार २ सय बढीको मृत्यु भएको छ ।

त्यसैगरी, भारतमा हालसम्म ८८ लाख १४ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २९ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८२ लाख ३ हजार बढी निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ४१ हजार ६ सयबढी कोरोना संक्रमित थपिएका छन् भने ४ सय ४९ जनाले ज्यान गुमाएका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५८ लाख ४८ हजार ९ सय नाघेको छ भने १ लाख ६५ हजार ६७३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५२ लाख ९१ हजार भन्दा बढी निको भएका छन् ।

 


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *