कोरोना अस्पतालमा भीषण आगलागी १० को मृत्यु

  • 6
    Shares

 

बुखारेष्ट। रामानियको पियात्रा निमट शहरमा रहेको एउटा अस्पतामा आगलागी हुंदा कोरोना संक्रमणबाट पीडित भएर उपचार गराउदै गरेका १० जना बिरामीको मृत्यु भएको छ । आगलागीमा परी केही बिरामी गम्भीर घाइते भएका छन् ।

उत्तर–पूर्वी शहरमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको अन्तराष्टिय संचार माध्यमले जनाएका छन । बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएका छन् । उनलाई आर्मीको विमान मार्फत राजधानी लगिएको छ ।

विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुले स्थानीय सञ्चारमाध्यमलाई   बताएका छन् ।

 


  • 6
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *