दश वर्ष सजाय पाएका फरार अभियुक्त ३४ वर्षपछि पक्राउ

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा ३४ वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिउ मास्ने बेच्ने मुद्धाका फरार अभियुक्त साविक रामनगर गाविस–१ (हाल सुनवल नगरपालिका–१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

तत्कालिन पश्चिमाञ्चल क्षेत्रिय अदालत डिभिजनले विस. २०४३ असार ८ गते सापकोटालाई जिउ मास्ने बेच्ने मुद्धाअन्र्तगत दश वर्षको सजाय फैसला गरेपछि फरार रहेका सापकोटालाई ३४ वर्षपछि शुक्रबार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन् ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशानुसार तोकिएको दश वर्ष सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *