पुजारीको हत्या अभियोगमा एक युवक पक्राउ

  • 1
    Share

नवलपरासी । पुजारीको हत्या गरेको अभियोगमा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको महाराजगञ्ज जिल्ला ग्राम कबेलवा महेशपुरका २१ वर्षीय धनञ्जय मौर्य रहेका छन् ।

यही कात्तिक ९ गते नवलपरासीको सुस्ता गाउँपालिका–४ पश्चिम टाँडीका ७२ वर्षीय पुजारी महँगु केवटको धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा प्रतापपुर गाउँपालिका–६ कठहवाबाट अभियुक्तलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिएका छन् ।

“अनुसन्धानका क्रममा मृत्तक केवटकी छोरीले अभियुक्तको सनाखत गर्नुका साथै अभियुक्त मौर्यले आफू स्वयम्ले नै हत्या गरेको बयान दिएकी छिन्”, उनले भने । पक्राउ परेका मौर्यलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धानको कार्य अघि बढाइको प्रहरीले जनाएको छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *