कोरोना नियन्त्रणका लागि छठपछि उपत्यकामा कडाई गर्न उपत्यका मेयर फोरमको सुझाव

काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका फोरमले कोरोना नियन्त्रण र रोकथामका लागि तिहार र छठपछि उपत्यकामा कडाइ गर्न सरकारलाई सुझाव दिएको छ ।

फोरमले बुधबार उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलसँग छलफल गर्दै उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह देखिएको भन्दै कोरोना नियन्त्रण र रोकथामका लागि तिहार र छठपछि उपत्यकामा कडाइ गर्न सुझाव दिएको हो ।

कोरोनाको चेन ब्रेक गर्नका लागि निषेधाज्ञा वा लकडाउन गर्ने र त्यसको पूर्वतयारी गर्ने बिषयमा छलफल भएको फोरमका सचिव तथा मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

केही स्थानीय तह र संघीय सरकारबीचको समन्वय अभाव भएका कारण कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेकाले अब एकीकृत रुपमा नै कोरोना नियन्त्रण र रोकथामका लागि पहल गर्ने सहमति भएको उनले बताए ।

छलफलमा उपप्रधानमन्त्री एवं सीसीएमीका संयोजक पोखरेलले कोरोना नियन्त्रण र रोकथामका लागि सरकार गम्भीर भएर लागेको भन्दै सबै तहसँग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *