सम्पत्तिको संरक्षकबाट पितालाई हटाउने ब्रिट्नी स्पीएर्सको प्रयास अदालतद्वारा अस्वीकार

  • 3
    Shares

आफ्नो सम्पत्तिको संरक्षकबाट पितालाई हटाउने ब्रिट्नी स्पीएर्सको प्रयासलाई अमेरिकाको एउटा अदालतले अस्वीकार गरेको छ । मानसिक स्वास्थ्यको विषय उठेपछि उनका पिता जेमी स्पीएर्सले १२ वर्षदेखि उनको कानुनी संरक्षक रहँदै आएका छन् । स्पीएर्सका वकिलले पपस्टार स्पीएर्स आफ्ना पितासँग त्रस्त रहेको र उनी संरक्षक रहँदासम्म कुनै कार्यक्रम नगर्ने बताएका छन् ।

उनका पिताका वकिलले भने उनले सधैँ छोरीको हितका लागि काम गरेको तर्क गरेका छन् । न्यायाधीशले स्पीएर्सले भविष्यमा पितालाई हटाउन थप मुद्दा दायर भने गर्न सक्ने बताएका छन् । यसैबीच, स्पीएर्सको अनुरोधमा वित्तिय कम्पनी बेस्सेमर ट्रस्ट उनको सहसंरक्षण बनेको छ । मङ्गलवार सुनुवाइको क्रममा स्पीएर्सका वकिल स्यामुअल इङ्गमले बुवाछोरीबीच लामो समयदेखि बोलचाल नभएको र उनीहरूबीच सँगै काम गर्ने सम्बन्ध नरहेको बताएका थिए ।

सन् २००८ यता जेमी स्पीएर्स ब्रिट्नीका संरक्षक रहँदै आएका छन् । तर जेमीकी वकिल भिभियान थोरिनले भने बुवाछोरीबीच लामो समयदेखि कुराकानी नहुनुमा इङ्गमले स्पीएर्सलाई त्यस्तै गर्न सुझाएको बताएकी छन् ।

थोरिनले छोरीको संरक्षकका रूपमा पनि पिता स्पीएर्सको बचाउ गरेकी छन् । उनले संरक्षकको रूपमा जिम्मेवारी सम्हाल्दा स्पीएर्सले दशौँ लाख डलरका थुप्रै मुद्दाहरू लडिरहेको बताएका छन् । पिताको मार्गनिर्देशमा रहँदा अहिले उनको छ करोड डलर बराबर सम्पत्ति रहेको उनले बताएकी छन् । स्पीएर्सका प्रशंसकले उनलाई उनका पिता र अन्यले कैद गरेको राखेको ठान्छन् । त्यसैका लागि “फ्री ब्रिट्नी“ नामक आन्दोलन पनि चलेको थियो।

अदालत निर्देशित सम्झौता अन्तर्गत सन् २००८ यता ब्रिट्नी स्पीएर्सले आफ्नो वित्तीय मामिला र काममा उनको नियन्त्रण छैन । मानसिक समस्या वा बिर्सने रोग भएका र आफ्ना लागि आफैँ निर्णय लिन नसक्नेलाई संरक्षण दिइन्छ । थुप्रै वर्षदेखि उनका पिता र वकिलले उनको सम्पत्ति र व्यक्तिगत जीवनको व्यवस्थापन गरिरहेका छन् ।

त्यस्तो व्यवस्थापनमा उनले कसलाई भेट्ने र उपचारका लागि चिकित्सकसँग गर्ने सम्पर्क पनि समेटिन्छ । चर्चित गायिकाले सन् २००७ मा अव्यवहारिक व्यवहार देखाउन थालेकी थिइन् र सम्बन्धविच्छेद भएपछि सन्तान राख्न पाउने मुद्दा हारेकी थिइन् ।

उनमा भएको भनिएको मानसिक विचलन सार्वजनिक ठाउँहरूमा पनि देखिएको थियो । उनले आफ्नो कपाल खौरिएको पत्रिकामा शीर्ष समाचार बनेका थिए । उनी थुप्रैपटक पुनस्र्थापना केन्द्रमा गएकी थिइन् । संरक्षणमा रहेका वर्षहरूमा उनले तीनवटा एल्बम निकालेकी छन्।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *