बिहारमा पुनः नीतिश कुमार मुख्यमन्त्री बन्ने ?

पटना । भारतको बिहारमा हालै सम्पन्न बिधान सभाको निर्वाचनमा हालका मुख्य मन्त्री नीतिश कुमार पुनः मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ । भाजपा तथा जनता दल युनाइटेडसहितको एनडीए गठबन्धनले बहुमत पार गरि १२५ सिटमा जित हाँसिल गरेको छ ।

२४३ सिटको बिहार विधानसभामा बहुमतका लागि १२२ सिट चाहिन्थो । तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) सहितको महागठबन्धन पछि रह्यो । तर आरजेडी सबैभन्दा ठूलो पार्टी बनेको छ ।

महागठबन्धनले ११० सिटमा जित हाँसिल गर्दा आरजेडीको खातामा ७५ सिट गयो । भजापाले ७४ तथा जेडीयूले ४३ सिटमा जित हाँसिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *