प्रज्जवल थापा, पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार धमलाले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुराको जानकारी दिएका हुन् ।
आइतबार कन्ट्रयाक ट्रेसिङको आधारमा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको ऋषि धमलाले बताएका छन् । कोरोना पुष्टि भएपछि उनी हाल होम आइसोलेसनमा छन् । धमलाले आफूसित प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।