राष्ट्रपति भण्डारीद्वारा बाइडेन र ह्यारिसलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकामा कमला ह्यारिसलाई बधाई दिएकी छन् ।

आइतबार बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी हुन् ।

रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन् । उपराष्ट्रपति पदमा बाइडनकै तर्फबाट कमला ह्यारिस निर्वाचित भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *