कोरोना संक्रमणबाट झापामा दुई जनाको मृत्यु

झापा । कोरोनासंक्रमणबाट झापामा दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, झापाका अनुसार आइतबार बिहान भद्रपुर नगरपालिका वडा नम्बर ५ का ६३ वर्षीय बृद्धको मृत्यु भएको हो ।

त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ की ८१ वर्षीया बृद्धाको पनि आज बिहान मृत्यु भएको छ । रुघा र ज्वोरो बढ्दै गएपछि उनलाई विराट मेडिकल कलेज भर्ना गरिएको थियो ।

उपचारका क्रममा गरिएको स्वाब परीक्षणमा कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो । उपचारका क्रममै आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ । दुवै जनाको नेपालीले सेनाले दाहसंस्कार गर्ने तयारी गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *