पूर्वसांसद वीरबहादुर लामाको निधन

  • 3
    Shares

काठमाडौं । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेका पूर्व सांसद लामाको आज विहान निधन भएको हो । २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

२०६२/०६३ सालको जनआन्दोलनपछि पुनस्र्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए । २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दी मध्ये लामा एक थिए । मकवानपुर फाखेलका स्थानीय बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *