बार्सिलोनालाई बेटिसको चुनौती

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज बार्सिलोनाले रियल बेटिसको सामना गर्दैछ । बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा हुने खेल नेपाली समय अनुसार राती ९:०० बजे सुरु हुनेछ ।

लिगको पछिल्लो चार खेलमा जितबिहिन रहेको बार्सिलोना बेटिसलाई हराउँदै विजयी बाटोमा फर्किन चाहन्छ । अक्टोबर २ मा सेल्टा भिगोलाई हराएयता बार्सिलोनाले जित निकाल्न सकेको छैन । बार्सिलोना ६ खेलमा ८ अङ्क जोड्दै तालिकाको १२ औँ स्थानमा छ ।

रियल बेटिस ८ खेलमा १२ अङ्क जोड्दै सातौँ स्थानमा छ । दुई टोलीबिचको पछिल्लो १८ भेटमा १४ खेल बार्सिलोनाले जित्दा बेटिसले २ खेल जितेको छ । २ खेल बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *