चितवन बारमा अधिकारी बिजयी


चितवन ।
चितवन जिल्ला अदालत बार एशोेसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ । शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित भएका छन ।
उनले निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डिएलए) का डा. हरिहर पोख्रेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन। अधिकारीले १ सय ७ मत प्राप्त गर्नु भएको थियो भने पोख्रेलले ८० मत प्राप्त गरेका थिए ।
एशोेसिएसनको उपाध्यक्षमा मुन्नाविक्रम खाती निर्वाचित भएका छन ।
डिएलएका उमेदवार उनले आफ्ना निकटतम प्रतिद्वन्दी पिएलएका रामचन्द्र देवकोटालाई पराजित गरेका हुन । खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गरेका थिए । सचिवमा पिएलएका उमेदवार विनोद मिश्र विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्दी डिएलएका श्रीराम दवाडी पराजितभए
। मिश्रले ९९ र दवाडीले ८२ मत ल्याए ।
यसैगरी कोषाध्यक्षमा बद्रीनाथ पण्डित र सहसचिवमा शोभा भट्टराई निर्वाचित भएका छन । सो एशोसियसनको २१ औँ जिल्ला अधिवेशनले दुई वर्षे कार्याकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *