नागरिकको सुरक्षामा तैनाथ हुन गृहसचिवको निर्देशन

काठमाडौं । गृह सचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल गण्डकी प्रदेश अन्तर्गत पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारीसहित भएको कार्यक्रममा गृहसचिव न्यौपानेले शान्तिसुरक्षा , बिपद व्यवस्थापन जस्ता कार्यमा उच्च मनोबलका साथ एकीकृत रुपमा कार्य गर्न निर्देशन दिए ।

कार्य सम्पादन सम्झौता अनुरुप कार्य गर्न समेत उनले निर्देशन दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र सुरक्षा अवस्था, सुरक्षा चुनौति, बिपद व्यवस्थापन र कोभिड-१९ संक्रमण नियन्त्रण तथा उपचारबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम राख्न समन्वय र सहकार्य तथा एकीकृत सुरक्षा योजनाका साथ कार्य गरेमा मात्र उत्कृष्ट सफलता मिल्ने बताए । महानिरीक्षक खनालले ती जिल्लामा रहेका मातहत युनिटको निरीक्षण गर्ने क्रममा इमान्दार र अनुशासित ढंगले राज्यले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *