विधानसभा निर्वाचनलाई ध्यानमा राखी रक्सौल नाका बन्द

  • 2
    Shares

वीरगञ्ज । सीमावर्ती भारतको रक्सौल विधानसभाअन्तर्गतको तेस्रो चरणको निर्वाचन शनिबार हुने भएकाले त्यस अगावै २४ घण्टा नेपाल भारत सीमानाका बन्द गरिने भएको छ ।

कोरोना संक्रमणका कारण नेपालतर्फ चैतदेखि नै नाका बन्द रहे पनि अन्य नाकाबाट भारत छिर्नेहरुलाई समेत कडाइ गरिएको रक्सौलका थाना प्रबाही अभय कुमारले जानकारी दिनुभयो । चुनावलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतको बैरगनियादेखि बगहा,वाल्मीकि नगरसम्म रहेको नेपाल भारतको सीमा बन्द गरिसकिएको छ ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *