पत्रकार बर्माको निधन

धादिङ । बरिष्ठ पत्रकार सीताराम बर्माको आज बिहान उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको छ । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए। उनले कोरोनाबाट भने विजय प्राप्त गरेका थिए ।
नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए । करीब तीन दशकदेखि राससमा कार्यरत उहाँ राससबाट पनि सम्मानितभएका थिए । गोरखा पुख्र्यौली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *