धनगढी । कोरोना संक्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिका ३ का वडाध्यक्षको मृत्यु भएको छ।
वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेकपाका जिल्ला कमिटी सदस्य दीर्घ जोशीका अनुसार ६३ वर्षीय शाहको शुक्रबार बिहान ६ः२५ बजे मृत्यु भएको हो ।
