बेपत्ताको पहिचानका लागि अनुसन्धानमा सहयोग गर्न अनुरोध

गुलरिया । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित र सरोकारवालासँग सशस्त्र द्वन्दका क्रममा बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

यहाँ आयोजित कार्यक्रममा आयोगका आयुक्त डा गंगाधर अधिकारीले आयोगले बेपत्ता पारिएका व्यक्तिको पहिचान र पीडितका परिवारले भोगिरहेको समस्या सम्वोधनका लागि निरन्तर काम गरिरहेको बताए । उनले अनुसन्धानलाई अन्तिम रुप दिन पीडित परिवार, स्थानीय तह, सरकार र अन्य सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको बताए ।

आयोगका सदस्य डा । अधिकारीले आयोगमा देश भरीबाट तीन हजार दुई सय २३ उजुरी परेकामा बर्दियाबाट दुई सय ८८ उजुरी परेको जानकारी दिँदै तीमध्ये दुई सय ५५ उजुरीमा अनुसन्धान प्रक्रिया धेरै अघि बढिसकेको बताए । अनुसन्धान अगाडि बढेका उजुरीका पीडित परिवारलाई पीडित, स्थानिय तह र अन्य सरोकारवालाको सहयोगमा अन्तिम रुप दिई परिचय पत्र वितरणको तयारी भइरहेको पनि आयुक्त डा । अधिकारीले जानकारी दिए । बाँकी रहेका अनुसन्धान सकेर मङ्सिरबाटै परिचय पत्र वितरण गर्ने कार्यको शुरुवात गरिने उनको भनाइ छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लामा सशस्त्र द्वन्दका क्रममा भएका घटनाका बारेमा कार्यसम्पादन गर्न छुट्टै कार्यालयको व्यवस्था नहुँदा प्रशासनबाट मात्रै काम गर्न समस्या रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *