बैंगलोरद्वारा दिल्लीलाई १५३ रनको विजयी लक्ष्य प्रस्तुत

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई १५३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

सेख जायद रंगशालामा भइरहेको खेलमा बैंगलोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५२ रन बनायो । बैंगलोरको लागि देवदत्त पडिक्कलले अर्ध सतक पूरा गरे । उनले ४१ बलमा ५ चौकाको मद्दतमा ५० रन बनाए । डि भिल्लियर्सले २१ बलमा २ छक्का र १ चौकाको मद्दतमा ३५ रन बनाउदा विराट कोइलीले २९, फिलिपेले १२ र डुवेले १७ रनको योगदान गरे ।

दिल्लीको लागि अन्रिच नोर्तिजेले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । यस्तै कगिसो रबडाले २ विकेट लिदा अश्विनले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *