विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ५८ लाख नाघ्यो

  • 3
    Shares

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ३२ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कोरोना भाईरस संक्रमितमध्ये विश्वभर एकैदिन २ लाख ५१ हजारभन्दा बढी संक्रमणमुक्त भएसंगै हालसम्म ३ करोड ३२ लाख ४८ हजार ८ सय २१ जना संक्रमणमुक्त भएका हुन् । यो कुल संक्रमितको ७२.२४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ७३ हजार भन्दाबढी संक्रमण भएको छ भने ७ हजार ४८५ जनाको मृत्यु भएको छ ।
यससंगै, कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार ७४४ पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ४ करोड ५८ लाख ९८ हजार ५९० पुगेको छ ।

संक्रमितमध्ये १ करोड १४ लाख ५६ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ८३ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९३ लाख १६ हजार २ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई दाख ३५ हजार बढीको मृत्यु भएको छ भने ६० लाख २४ हजार ५ सय भन्दा बढी निको भएका छन् ।

त्यसैगरी छिमेकी मुलुक भारतमा हालसम्म ८१ लाख ३६ हजार १ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २१ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७४ लाख ३० हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५५ लाख १९ हजार नाघेको छ भने १ लाख ५९ हजार ५६२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४९ लाख ६६ हजार भन्दा बढी निको भएका छन् ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *