कोरोना संक्रमित पत्रकार चौलागाईंको निधन

काठमाडौं । पत्रकार विष्णुप्रसाद चौलागाईँको कोरोना संक्रमणका कारण आज बिहान निधन भएको छ।

काभ्रे पोस्टका प्रधान सम्पादक समेत रहेका ५१ वर्षीय चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको हो।

उनलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *