तालिबानीहरुको अल कायदासँग सम्बन्ध रहेको अफगान सेना प्रमुखको दाबी

अफगान सेनाका प्रमुखले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको बताएका छन् । उनले अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको बताएको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका हुन् ।

अल कायदा तथा अन्य आतंककारी संगठनहरुसँग तालिबानीहरुले सम्बन्ध राखिरहेको उनले बताएका हुन् । यसअघि पनि संयुक्त राष्ट्रसघीय एक अनुगमनकारी निकायका अधिकारी एडमण्ड फिटन ब्राउनले सो कुराको जानकारी दिएका थिए । उनले पनि तालिबानीहरुले यी आतंककारी संगठनसँग सम्बन्ध राखेको जानकारी दिएका थिए ।

अफगान सेनाका प्रमुख यासिन जियाले तालिबानीहरु र अल कायदाका बीचमा अहिले पनि सम्बन्ध रहेको र आपसमा उनीहरुले काम गरिरहेको जानकारी बुधबार स्थानीय टोलो ज्युजगले जानकारी गराएको हो ।

यता अल कायदासँग आफूहरुको कुनै पनि सम्बन्ध नरहेको भन्दै तालिबानीहरुले अमेरिकालाई विश्वस्त गरिरहेको बताइएका बेला यी दुई बीच सम्बन्ध रहेको सार्वजनिक अभिव्यक्ति आएको छ । हाल तालिबानीहरु अमेरिकाको मध्यस्थतामा अफगानिस्तानको सरकारसँग शान्ति वार्तामा रहेका छन् । उनीहरु शान्ति वार्तामा रहेका बेला यो कुरा सार्वजनिक भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *