तनहूँका २ सय ४० तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण

  • 3
    Shares

तनहूँ । जिल्ला प्रशासन कार्यालय तनहूँले चालु आर्थिक वर्षमा २ सय ४० तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँबाट तिब्बती शरणार्थी परिचयपत्र लिएकामध्ये असोज मसान्तसम्म २ सय ४० जनाको परिचयपत्र नवीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रशासन कार्यालयबाट तिब्बती शरणार्थीको परिचयपत्र लिनेको संख्या ३ सय २० रहेको छ ।

तिब्बती शरणार्थी वर्षौंदेखि शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित तिब्बतीयन क्याम्पमा बसोबास गर्दै आएका छन् । कार्यालयले नयाँ परिचय पत्र भने वितरण नगरेको जनाएको छ ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *