पत्रकार रवि लामिछानेलाई कोरोना संक्रमण पुष्टि

  • 34
    Shares

चर्तित कार्यक्रम सिधाकुरा जनतासँगका कार्यक्रम संचालक पत्रकार रवि लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसँगै श्रीमती निकिता पौडेललाई पनि कोरोना संक्रमण देखिएको हाे ।

सामाजिक सञ्जालमार्फत् लामिछानेले बिहीबार काेराेना संक्रमण पुष्टिकाे जानकारी दिएका हुन् । रविले भने, “मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीअार  गर्दा म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ ।” दुबैको स्वास्थ अवस्था सामन्य रहेको पनि उनले बताएका छन् ।

कोरोनालाई लापरबाहीको रुपमा नलिन आग्रह गर्दै रविले लेखेका छन्, “केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्छ । घरमा हामी दुई मात्र छौँ, धेरै समस्या छैन तर घरमा बृद्ध अवस्थाका सदस्यहरु हुनेले लापरबाही नगरौँ ।”


  • 34
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *