नयाँदिल्ली । काेराेना महामारीका बीच भारतको बिहारमा विधानसभा निर्वाचनका लागि मतदान सुरु भएको छ । मतदाताहरु बुथमा पुग्ने क्रम जारी रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मतदान सामाजिक दूरी कायम राखेर सुरु भइरहेको छ । मतदान केन्द्रवरपर समय-समयमा स्यानिटाइजरले निर्मलीकरण गरिएको छ ।
कोरोना संक्रमणबाट जोगिनकै लागि मतदान केन्द्रमा पनि बेला–बेलामा निर्मलीकरण गरेर मतदातालाई आश्वास्त पारिएको छ ।
कोरोना माहामारी सुरु भएपछि बिहारमा भइरहेको विधानसभा निर्वाचन भारतकै पहिलो चुनाव हो ।