बार्यनको संघर्षपूर्ण जित

  • 4
    Shares

प्रज्जवल थापा । च्याम्पियन्स लिगमा बार्यन म्युनिखले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राती भएको खेलमा बार्यनले लोकोमोटिभ मोस्कोमाथी २-१ गोलको संघर्षपूर्ण जित निकालेको छ ।

आरजेठजी एरिनामा भएको खेलमा बार्यनको जितमा लियोन गोरेट्ज्का र जोशुवा किम्मिचले समान एक गोल गर्दा मोस्कोको लागि एन्टोन मिरान्चुकले गरेको गोल सान्त्वनामा सिमित भयो । १३ औँ मिनेटमा बेन्जमिन पभार्डको पासमा गोरेट्ज्काले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए ।

७० औँ मिनेटमा जे लुइसको पासमा एन्टोन मिरान्चुकले गोल गर्दै मोस्कोलाई बराबरीमा ल्याए । ७९ औँ मिनेटमा जाभियर मार्टिनेजले जोसुवा किम्मिचले गोल गर्दै बार्यनलाई जित दिलाए । जितसँगै बार्यन दुई खेलमा दुई जित निकाल्दै ६ अङ्कको साथ शिर्ष स्थानमा छ ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *