दिल्लीमाथी हैरबादको सनदार जित

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपिएल) मा सनराजर्स हैरबादले सनदार जित निकालेको छ । बुधबार बेलुकी भएको खेलमा हैरबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले टस जितेर हैरबादलाई ब्याटिङको निम्तो दिएको थियो । हैरबादले निर्धारित ओभरमा २ विकेट गुमाएर २१९ रन बनायो । हैरबादका ओपनर वार्नर र साहले उत्कृष्ट ब्याटिङ गरे । कप्तान डेभिड वार्नरले ३४ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६६ रन बनाए । ऋदिमान साहले ४५ बलमा १२ चौका र २ छक्काकोमद्दतमा सार्वधिक ८७ रन बनाए । यस्तै मनिष पाण्डेले ४४ र विलियम्सनले ११ रनको योगदन गरे ।

दिल्लीको लागि नोर्तिजे र अश्विनले १-१ विकेट लिए ।

२२० रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो । दिल्लीको लागि रिशव पन्त र अजिङ्के रहाणेले बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । पन्तले ३५ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३६ रन बनाए । अजिङ्के रहाणेले १९ बलमा ३ चौका र १ छक्काको मद्दतमा २६ रन बनाउदा हेटमायरले १६ र तुसार देशपान्डेले २० रन जोडे । अन्य कुनैपनी ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

हैरबादको लागि रसिद खानले सनदार बलिङ गर्दै ४ ओभरमा मात्र ७ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्दिप शर्मा र नतार्जनले समान २ विकेट लिदा नदेम, होल्डर र विजय शङ्खरले १-१ विकेट लिए । जितसँगै सनराइजर्स १२ खेलमा १० अङ्कको साथ छैटौँ स्थानमा छ । दिल्ली १२ खेलमा १४ अङ्कको साथ तेस्रो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *