बंगलादेशविरुद्ध राष्ट्रिय टोलीको प्रशिक्षण महर्जनले समाल्ने

प्रज्जवल थापा । नेपाली राष्ट्रिय फूटबल टोलीको प्रशिक्षण बालगोपाल महर्जनले समाल्ने भएका छन् ।

अखिल नेपाल फूटबल संघ(एन्फा) ले बंगलादेश भ्रमणको लागि टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरेको हो । कोरोना भाइरस महामारीको कारण मुख्य प्रशिक्षक योहान कालिन स्विडेनस्थित आफ्नो घरबाट फर्किन सम्भव नभएपछि एन्फाले महर्जनलाई जिम्मेवारी दिएको हो ।

नेपालले ढाकामा बंगलादेशसँग कार्तिक २८ र मंसिर २ गते अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *