नेपालमा विदेशी कार्टुन च्यानल, सीएनएन सधैँका लागि बन्द

काठमाडौँ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल विज्ञापनरहीत भएपछि कार्टुन च्यानल र सीएनएन नेटवर्क सधैँका लागि बन्द भएका छन् । डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले कार्टुन नेटवर्क, सीएनएन इन्टरनेशनललगायतका च्यानल पूर्ण रुपमा बन्द भएको जानकारी दिएका हुन् ।

“कार्टुन नेटवर्क, सीएनएन इन्टरनेश्नल, कार्टुन च्यानल पोगो, वार्नर ब्रदर च्यानलले आफ्नो सेवा सँधैको लागि बन्द गरिएको जानकारी दिएको छ,” आचार्यले भने, “यसले बालबालिकाले हेर्ने कार्टुनका साथै सीएनएन जस्ता चर्चित च्यानल हर्ने नपाइने भएको छ ।”

क्लिन फिडका लागि आवश्यक पुर्वाधार तयार नभएको भन्दै स्टार नेटर्वक, कलर्स, बिबिसी, लगायतका च्यानल पनि बन्द गरेकाे थियाे । यद्यपि ती च्यानलहरू दशैँ पछि पुनः प्रसारण हुने बताइएको छ ।

क्लिन फिड लागू भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन गत शनिबारदेखि च्यानल विज्ञापनरहित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *