सौच गर्न भएकी किशोरी बलात्कृत, अर्की एकमाथि बलात्कारको प्रयास

सप्तरी । शौच गर्न गएकी तिरहुत गाउँपालिकानिवासी १८ वर्षीया एक दलित किशोरी बलात्कृत भएकी छिन् । अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ ।

पीडित किशोरीकी आमाका अनुसार शौच गर्न गएकी छोरी घर नफिर्कएपछि खोज्दै जादाँ बेहोस अवस्थामा भेटेकी थिइन् । उनीसँगै गएकी अर्का किशोरी हस्याङफस्याङ गर्दै घरतर्फ आइरहेको अवस्था भेटिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले दुईजना किशोरीमध्ये एकजनालाई जबर्जस्ती करणी भएको र एकजनालाई प्रयास मात्रै भएको बताए । घटनामा संलग्नमध्ये एकजना सुनिलकुमार साहलाई पक्राउ गरेर कारबाही अघि बढाइएको छ । घटनामा संलग्न थप अभियुक्तको खोजी भइरहेको डिएसपी सिंहले जानकारी दिए ।

गत शनिबार राति करिब ८ बजे घरनजिकैको बाँसघारीमा शौच गर्न गएका दुवै किशोरीलाई एक समूहले नियन्त्रणमा लिएर घरभन्दा करिब चार सय मिटर टाढा लगेर बलात्कार गरेको पीडितले बताइन् । पीडित दुवै किशोरीकी आमाले सोमबार इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *