तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बरमा

बेइजिङ । तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो सन् २०२० को नोभेम्बर ५ देखि १० तारिखसम्म शाङहाईमा आयोजना हुने भएको छ । त्यसका लागि सञ्चारमाध्यम दर्ता सेवारत केन्द्र सेप्टेम्बर २४ देखि अक्टोबर २० तारिखसम्म खुला रहनेछ ।

महामारीको नियन्त्रणको कारणले तेस्रो आयात एक्स्पो मुख्यतया चिनियाँ पत्रकार तथा चीनको मुख्य भूमिमा रहेका विदेशी पत्रकारलाई निमन्त्रणा गरिएको छ । पत्रकारहरूले आधिकारिक वेबसाइट, एप्स तथा बीच्याट खातामा दर्ता गर्न पाउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *