क्यामरुनस्थित एक विद्यालयमा बन्दुकधारीको आक्रमण : ८ विद्यार्थीको मृत्यु, दर्जनौँ घाइते

याउन्डे । क्यामरुनस्थित एक विद्यालयमा बन्दुकधारीको आक्रमणमा परी ८ विद्यार्थीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो भएको सो आक्रमणमा दर्जनौँ विद्यार्थी घाइते भएका छन्।

आक्रमणमा परी घाइते भएका विद्यार्थीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। शनिबार दिउँसो सर्वसाधारणको भेषमा मोटरसाइकलमा आएका बन्दुकधारीले मदर फ्रान्सिस्का इन्टरनेशनल बाइलिङ्गअल एकेडेमीमा आक्रमण गरेका प्रत्यक्षदर्शीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *