कोरोनाबाट एकै दिन झापाका तीनको मृत्यु

झापा । कोरोना भाइरसको संक्रमणबाट झापामा एकै दिन तीनजनाको मृत्यु भएको छ।

बिर्तामोड, भद्रपुर र दमकका दुई पुरुष र एक महिलाको मृत्यु भएको बताइएको छ। भद्रपुर नगरपालिका – ५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको भद्रपुर नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए।

कोरोना संक्रमणबाटै बिर्तामोड ४ की ७६ वर्षीया बृद्धाको विराटनगरको विराट मेडिकल कलेजमा कोरोना संक्रमणबाट मृत्यु भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *