दसैँ भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुको दसैँ भत्ता बापतको रकम कोरोना कोषमा जम्मा हुने भएको छ । प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले विषम परिस्थितिमा बाँडिएको भत्ता कोरोना कोष जम्मा गर्ने निर्णय नै उचित हुने बताएका थिए ।

नेकपासँग प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसअघि नै दसैँ भत्ता फिर्ता गर्दै कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।

One thought on “दसैँ भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *