खसीबजार अनुगमनका लागि महानगरको टोली पुग्दा…

  • 4
    Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले खसी बोका तथा च्याङ्ग्राको बिक्री  बितरणको अवस्थाबारे स्थलगत अनुगमन गरेको छ ।

शनिबार बिहानै अनुगमन टोलीले काठमाडौंको खसीबजार लगायतका बिभिन्न स्थानमा पुगी आमसर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वस्थकर खसीबोका तथा च्याङ्ग्राको बिक्री बितरण भए नभएको अनुगमन गरेको हो ।

दशैका बेला अस्वस्थ्य खसी बोका तथा च्याङ्ग्राको बिक्री बितरण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमन गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाका पशु सेवा महाशाखा प्रमुख डा. अवधेश झाले स्वस्थकर खसी बोका तथा च्याङ्ग्रा बितरण भए नभएकोबारे अनुगमन गरिएको जानकारी दिए ।

उनले बिक्री गर्न लागिएका खसी बोका तथा च्याङ्ग्राको अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । स्वस्थ देखिएकालाई हरियो स्टिकर लगाएर बिक्री बितरण गर्नुपर्ने र अस्वस्थ देखिएकालाई रातो रंंग लगाएर बिक्रीबितरण गर्न नहुने उनले बताए ।

आम उपभोक्तलाई ठगी गरेर अस्वस्थकर खसी बोका तथा च्याङ्ग्रा अथवा मासूको बिक्री बितरण गरिए कडा कारवाही हुने महानगरले जनाएको छ ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *