सांसद पहाडीको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । सत्तारुढ नेकपाकी संघीय सांसद सानुशिवा पहाडीको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको गरिएको छ । असोज २८ गते निधन भएकी पहाडीको बिहीबार पशुपतिमा अत्येष्टि गरिएको हो । समानुपातिकतर्फबाट संघीय संसदको सदस्य बनेकी पहाडी केही समयदेखि मिर्गौला रोगबाट ग्रसित थिइन् ।

उनको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा बुधबार निधन भएको थियो । पहाडीको अन्त्येष्टि अघि पशुपति आर्यघाटमा उनका आफन्त तथा नेकपाका सांसद, नेता तथा कार्यकर्ताहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

अन्तिम श्रद्धाञ्जली दिन पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले मृतक पहाडी सकारात्क रोच भएको र समाज परिवर्तन गर्न आन्दोनमा लागेको योद्धा भएको बताए । पहाडीको निधनले सिंगो राष्ट्र, पार्टी अनि समाजलाई ठूलो क्षति पुगेको भन्दै दुःख व्यक्त गरे । पहाडीको निधनले कम्युनिष्ट पाटी र संसदलाई अपुरणीय क्षती पुगेको सांसदहरुले बताएका छन् ।

One thought on “सांसद पहाडीको पशुपति आर्यघाटमा अन्त्येष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *