डा. केसीको अवस्था गम्भिर

काठमाडौं । शिक्षण अस्पतालमा अनशनरत चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । १९औं अनशनको २४औं दिनदेखि अनशनरत डा. केसीलाई अक्सिजन दिन थालिएको छ ।

उपचारमा संलग्न चिकित्सक डा. सुवास आचार्यका अनुसार केसीको शरीर गल्दै गएपछि प्रतिमिनेट चारदेखि ६ लिटर अक्सिजन दिइएको छ ।
यस्तै, उनको शरीरमा सुगरको मात्रा घटेको छ । डा. केसीको मुटुको चालमा बेलाबेला गडबडी देखिएको छ ।

डा। केसी अनशन बसेको २४ दिनपछि सरकारले उनीसँग वार्ता गर्न बिहीबार वार्ता समिति बनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

डा. केसीको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले शक्रबार आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
सो दिन २ घण्टा आकस्मिक र कोभिडबाहेकका सबै सेवाप्रवाह बहिष्कार गर्ने र सो समयमा पनि डा. केसीका माग पूरा नगरे २३ गते दिनभर आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *