USAID

युरोपका महारथी पोर्चुगल र स्पेन भिड्दै

  • 15
    Shares

प्रज्जवल थापा ।

विश्व फुटबल तथा युरोपका दुई ठूला देश पोर्चुगल र स्पेन आज भिड्दै छन् । दुई टोलीबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपाली समय अनुसार मध्यराति १२ः३० बजे सुरु हुनेछ ।

पोर्चुगलको घरेलु मैदान इस्टडियो जोसे एल्भालडेमा हुने खेलमा दुबै टोली जितको खोजिमा हुनेछन् । यी दुई टोली बीच अन्तिम भेट विश्वकप २०१८ को समूह चरणमा भएको थियो ।

जुन खेल स्टार खेलाडी क्रिस्ट्यानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा पोर्चुगलले ३-३ गोलको बराबरी खेलेको थियो । त्यसैले आज हुने खेलमा पनि रोनाल्डो स्पेनको लागि चिन्ताको विषय बन्न सक्छन् । यी दुई टोली बीचको ३६ भेटमा स्पेनले १६ खेल जितेको छ भने ६ खेल पोर्चुगलले जितेको छ ।

१३ खेल बराबरीमा सकिएको थियो । पोर्चुगल आफ्नो अन्तिम ५ खेलमा मात्र १ खेलमा पराजित भएको छ भने स्पेन अन्तिम ५ खेलमा ३ खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ । स्पेनले युइएफए नेसन्स लिगअन्तर्गत शनिबार स्विजरल्यान्डको सामना गर्नेछ । यस्तै पोर्चुगलले नेसन्स लिगमै आइतबार फ्रान्सको सामना गर्नेछ ।


  • 15
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *