- 4Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्न माग गरेका छन् ।
बुधबार सामाजिक संजाल फेसबुकमार्फत थापाले पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवालाको सहभागितामा अर्कै गुरूयोजना बनाउन माग गरेका हुन् ।
उनले भनेका छन्, ‘पशुपति क्षेत्र विकास कोषको“नयाँ गुरुयोजना“! न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै । यो गुरुयोजना नै हैन ! अतः यसलाई खारेज गरौँ । पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ । तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसंग हाम्रो माग हो।’
गुरु योजनालाई लिएर एक महिना भन्दा बढी समयदेखि स्थानीयले आन्दोलन गर्दै आएका छन् ।
- 4Shares