काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेशहरूको नामाकरणप्रति असन्तुष्टि जनाएका छन् । प्रदेशहरूका नाम जातीय आधारमा नभएकोमा उनले असन्तुष्टि जनाएका हुन् ।
बुधबार ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘हिजो मगरात, तमुवान, तामसालिङ, नेवा स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी, गण्डकी, बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो मरेर शहीद हुनेहरू हो बाँचेर त हेर। बाँच्न झन् गाह्रो छ,’ बुधबार बाबुरामले ट्वीट गर्दै भनेका छन्, ‘सरि लली रोका, सुरेश वाग्ले।’
मंगलबार प्रदेश ५ को प्रदेशसभामा प्रदेशको नाम लुम्बिनी राख्न सरकारले गरेको प्रस्तावमा जनता समाजवादीका सांसदहरूले जातीय आधारमा नामाकरण गर्नुपर्ने भन्दै संशोधन दर्ता गराएका थिए ।
