प्रभावकारी बन्दै अनलाइन प्रणाली

काठमाडौं । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौं महानगरपालिकाले पाँच करोड ५० लाख असुल गरेको छ ।
कामपाले यस प्रणालीको शुरुआत यही असोज १ गतेदेखि गरेको हो । शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो । यही १३ गतेदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजश्व निर्धारण तथा सङ्कलन प्रभावकारी बन्दै गहेको कामपाको भनाइ छ ।

कामपा राजश्व विभागका निर्देशक शिवराज अधिकारी राजश्व सङ्कलनमा पारदर्शी नभएको कामपालाई आरोप थियो । यो प्रणालीको कार्यान्वयनले त्यो आरोपको जवाफ दिएको बताउछन । यस कार्यको शुरुआतसँगै कामपालाई कर्मचारीको व्यास्थापन र पारदर्शी बनाउन सहयोग पुगेको भन्दै निर्देशक अधिकारी सेवाग्राहीलाई पनि सहज भएको बताउ छन ।

यो प्रणाली साङ्ग्रिला इन्फरमेटिक्सले विकास गरेको हो । यही असोज १ गतेदेखि वडा नं १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट, असोज ५ गतेदेखि वडा नं ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ बाट प्रणाली कार्यान्वयनमा ल्याइयो । यसैगरी असोज १३ गतेदेखि वडा नं ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ मा प्रणाली सञ्चालनमा ल्याइयो । अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुईवटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् ।

यसमा करदाताले महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्कन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ । करदातासँग सम्बन्धित र सोधिएकारमाग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजश्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नुपर्ने हो करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *