मुम्बईको लगातार तेस्रो जित

प्रज्जवल थापा ।

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले लगातार तेस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनलाई पराजित गरेको हो । सेख जायद रंगशालामा भएको खेलमा मुम्बईले टस जितेर ब्याटिङ गर्न उत्रिएको थियो । मुम्बईले पूरा २० ओभरमा ४ विकेटको क्षतिमा १९३ रन बनाएको थियो । मुम्बईको लागि सूर्यकुमार यादवले सर्वाधिक ७९ रन बनाए ।

उनले ४७ बलमा ११ चौका र २ छक्का प्रहार गरे । यसअघि ओपनर डि कक १५ बलमा २३ रन बनाएर आउट भए । उनले ३ चौका र १ छक्का प्रहार गरे । कप्तान रोहित शर्मा २३ बलमा ३ छक्का र २ चौकाको मद्दतमा ३५ रन बनाएर श्रेयस गोपालको बलमा आउट भए । इसान किसान सुन्य रनमा पभिलियन फर्किदा कुर्नाल पाड्यले १२ रन जोडे। यस्तै हार्दिक १९ बलमा ३० रन जोडे। उनले २ चौका र एक छक्का प्रहार गरे ।

राजस्थानको लागि श्रेयस गोपालल्व ४ ओभरमा २८ रन खर्चेर सार्वधिक २ विकेट लिए। जोफ्रा आर्चरले ४ ओभरमा ३४ रन दिएर १ विकेट लिदा कार्तिक ट्यागिको नाममा पनि एक विकेट रह्यो । १९४ रनको विजय लक्ष्य पछ्याएको राजस्थान रोयल्स १८.१ ओभरमा अलआउट हुँदै १३६ रन मात्र बनाउन सक्यो। जोस बट्लर बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । ओपनर यशस्वी जैस्वाल खात नखोलि पभिलियन फर्किए।

यस्तै कप्तान स्टिभ स्मिथ ६, र सन्जु स्याम्सन खाता खोल नसकी आउट हुदा राजस्थान १२-३ को स्थितिमा आएको थियो। महिपल लोमोर ११ रन बनाएर आउट भएपछि रोयल्सको इनिङ्स बट्लर र कुरानले समाल्ने प्रयास गरेका थिए। जोस बट्लर ७० रन बनाएर आउट भएकोपछी राजस्थानको जित पातलिएको थियो। उनले ४४ बलमा ५ छक्का र ४ चौका प्रहार गरे।

कुरानले १६ बलमा १५ रन जोडेर पोलार्डको बलमा आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका जोफ्रा आर्चर बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन्। आर्चरले ११ बल खेल्दै ११ चौका र १ छक्काको मद्दतमा २४ रन जोडे । मुम्बईको लागि जस्प्रित बुम्राले सार्वधिक ४ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चिए। ट्रेन बोल्टल्व ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए।

यस्तै जेम्स पट्टिन्सनल्व ३.१ ओभरमा १९ रन खर्चेर २ विकेट लिदा किइरोन पोलार्डले १ विकेट लिए । जितसँगै मुम्बई ६ खेलमा ४ जित र २ हार सहित ८ अङ्क जोड्दै पहिलो स्थानमा उक्लिएको छ । आज हुने खेलमा कलकता नाइट राइडर्सले चेन्नाई सुपर किङ्सको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *