कोरोना संक्रमणबाट विश्वमा १० लाख ५४ हजारको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख ५४ हजार ५ सय १४ पुगेको छ । विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ७१ लाख ४३ हजार ८ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड ६० लाख ३७ हजार ९ सय भन्दाबढी संक्रमित भएका छन् ।

हाल विश्वमा ७८ लाख ३९ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेको छ भने ६७ हजार ८ सय बढीको अवस्था गम्भीर रहेकोे वल्डोमिटरमा उल्लेख छ । कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७७ लाख २२ ७ सय ४६ पुगेको छ ।

यस्तै, २ लाख १५ हजार ८ सय बढीको मृत्यु भएको छ भने ४९ लाख ३५ हजार ५ सय भन्दाबढी निको भएका छन् । छिमेकी मुलुक भारतमा ६७ लाख ५४ हजार १ सय ७९ जना संक्रमित भएका छन् ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५ सय ९१ पुगेको छ । संक्रमितमध्ये ५७ लाख ४१ हजार २ सय भन्दा धेरै निको भएका छन् ।

ब्राजिलमा ४९ लाख ७० हजार ९ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ४७ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४३ लाख ५२ हजार भन्दाबढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *