USAID

नेकपाको सचिवालय बैठकमा सांगठनिक एकीकरण र राजनीतिक नियुक्तिका बिषयमा छलफल


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा सांगठनिक एकीकरणदेखि राजनीतिक नियुक्तिसम्मका बिषयमा छलफल भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको बैठकमा यसअघि निर्धारित सांगठनिक एकीकरण, संवैधानिक तथा राजनीतिक नियुक्तिसम्मका बिषयमा सामान्य छलफल भएको हो ।

सचिवालयमा रहेका यसअघिकै एजेन्डामा छलफल भए पनि कुनै निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने, संवैधानिक राजनीतिक नियुक्ति, विविध एजेन्डाअन्तर्गत रहेका विषयबारे सामान्य छलफल भए पनि कुनै निर्णय नभएको श्रेष्ठले बताए ।

बैठकका एजेन्डाबारे छलफल जारी रहेको र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले थप गृहकार्य गरेर प्रस्ताव ल्याउने निष्कर्षसहित मंगलवारको बैठक टुंगिएको श्रेष्ठले बताए । बैठकमा मन्त्रिमण्डल हेरफेरका बारेमा भने कुनै छलफल नभएको उनले बताए बैठकले अनसनरत डा गोविन्द केसीलाई अनसन फिर्ता गर्न आग्रह प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनसन फिर्ता लिन सरकारले आग्रह गरेको ब्रिफिङ गरेको प्रवक्ता श्रेष्ठले बताए । नेकपा सचिवालयको अर्को बैठक अध्यक्षद्वयको गृहकार्यपछि बोलाइने उनले बताए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *