नेपाल वायुसेवा निगम हङ्गकङ्गमा प्रतिवन्धित

काठमाडौँ । एउटै उडानका ६ नेपाली यात्रुमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई हङ्गकङ्गमा उडान भर्न प्रतिबन्ध लगाइएको छ ।

काठमाडौँबाट उडेर स्थानीय समयअनुसार अक्टोबर ३ तारिखका दिन हङ्गकङ्ग उत्रेकामध्ये चार महिला र दुई पुरुष यात्रुमा कोरोना संक्रमण देखिएपछि त्यहाँको सरकारले निगमको उडानलाई हङ्गकङ्गमा प्रतिबन्ध लगाएको हो ।

स्वास्थ्य सुरक्षा केन्द्रको सरुवा रोग शाखाकी प्रमुख छुवाङ सुक वानले संक्रमित ३० देखि ७२ वर्षका नेपालीहरु निगमको आरए४०९९ उडानबाट हङ्गकङ्ग फर्किएका थिए । हङ्गकङ्गको “अन्तरदेशीय दुवानी तथा यात्रुसम्बन्धी रोग नियन्त्रण तथा रोकथाम नियमावली ५९९एच”अनुसार त्यहाँकाे सरकारले नेपाल एअरलाइन्सलाई हङ्गकङ्ग उडान भर्न दुई हप्ताको लागि प्रतिवन्ध लगाएको प्रमुख छुवाङले जनाकारी दिइन् । उनले भनिन्– “प्रतिवन्धको अवधि अक्टोबर ४ देखि १७ तारिखसम्मका लागि कायम हुनेछ ।”

यसअघि नेपालबाट गएकी एक संक्रमित महिलाको कन्ट्र्याक ट्रेसिङका आधारमा थप दुई स्थानीयलाई पनि कोभिड–१९को संक्रमण पुष्टि भएको समेत प्रमुख छुवाङलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम द स्ट्याण्डर्डले जनाएको छ । हालसम्म हङ्गकङ्गमा ५ हजार १ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

One thought on “नेपाल वायुसेवा निगम हङ्गकङ्गमा प्रतिवन्धित

Leave a Reply

Your email address will not be published. Required fields are marked *