काठमाडौंमा ७८३ सहित थप १५५१ जनामा कोरोना संक्रमण, २३४० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५५१ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा पाँच पुरुष र चार महिला गरी थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

पीसीआर विधिबाट थप ११,०४७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४,२२१ जना रहेका छन् । आइसोलेसनमा २२,७०९ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप २३४० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६७,५४२ पुगेको छ । आइसियूमा २४३ र भेन्टिलेटरमा ४० जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *