डा.केसी बाँच्नुपर्छः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले पहल नगरको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार बिहान ट्वीट गर्दै भट्टराईले २३ दिनदेखि अनसनरत डा.केसी को स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्,‘ २३ दिनदेखि अनसनरत डा.केसी को स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ? यो criminal negligence हैन ? तुरून्त वार्ता गर ! समाधान खोज ! डा.केसी बाँच्नुपर्छ । मूर्खदेखि दैव डरा भनिन्छ ! कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ ! सबै चेतौं !’

विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै अनसनमा बसका डा. केसीसँग वार्ता गर्न विभिन्न पक्षबाट दबाब दिएपनि सरकारले वास्ता गरेको छैन । चिकित्सक संघले ७२ घण्टाभित्र वार्ता टोली गठन नगरे कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने आइतबार चेतावनी दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *