USAID

डा. केसीको अनसनमा सरकारको उदासिनताप्रति साझा पार्टीको आपत्ति

  • 2
    Shares

काठमाडौं । साझा पार्टीले डा गोविन्द केसीले २२ दिनदेखि जारी राखेको अनशनका क्रममा उनको स्वास्थ्य खतरनाकरूपमा नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारको उदासिनताबारे साझा चिन्ता प्रकट गरेको छ ।

पार्टीका सहप्रवक्ता शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गरी दलले पटक पटक सरकारको नेतृत्व गर्दा पनि डा केसी उस्तै माग राखेर पटक पटक अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ , ‘डा केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् ? छन् भने सरकारले आमजनतालाई व्याख्या गर्नूपर्यो । होइन भने विश्वमै विरलै भेटिने डा केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नूपर्यो । डा केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन्। तर यिनै दलले पटक पटक सरकारको नेतृत्व गर्दा पनि डा केसी उस्तै माग राखेर फेरिफेरि अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय हो ।’

उसले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र केसी ६ पटक अनशन बसिसकेका र यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको भन्दै आपत्ति जनाएको छ ।

साझाले वार्ता टोली गठन गरी तत्काल केसीका मागको सम्बोधन गर्न माग गरेको छ । ‘डा केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यवद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन कैलालीदेखि झापासम्मका विभिन्न जिल्लामा २ सातायता दबाबमूलक प्रदर्शन गर्दै आएको छ । सरकारी वेवास्ताले डा केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेमा हामी समयमै सचेत गराउन चाहन्छौँ।’ विज्ञप्तिमा भनिएको छ ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *